Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुई युवाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७९, आइतबार
दुर्घटनामा दुई युवाको मृत्यु

विराटनगरः मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को२त ८५५९ नम्बरको ट्रयाक्टरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१०प ३५९९ नम्बरको मोटरसाइकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेका सुन्दरहरैंचा नगरपालिका–११ मोरङका २३ वर्षीय अनिल चौधरी र २४ वर्षीय राजेश धिमाल घाइते भएका थिए ।
घाइतेहरुलाई तत्काल उपचारको लागि विराटनगर स्थित कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुरयाउनासाथ मृत्यु भएको र धिमालको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार शनिबार बेलुका सवा ७ बजे सो दुर्घटना भएको हो ।

प्रकाशित मिति: जेष्ठ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend