Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाँझो खेतमा भेटियो तुलसी श्रेष्ठको शव

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७९, आइतबार
बाँझो खेतमा भेटियो तुलसी श्रेष्ठको शव

विराटनगरः मोरङको कटहरी गाउँपालिका २ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठको हत्याको अभियोगमा तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका १ का ३३ वर्षीय रविन भुजेल, कटहरी गाउँपालिका १ कै २९ वर्षीय कपिल माझी र कटहरी गाउँपालिका ३ का २८ वर्षीय नितेश चौधरी रहेका छन् ।
आइतबार बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका–१ महेशपुर थानगाछीस्थित बित्तु माझीको बाझो खेतमा तुलसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रदेश १ कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरी डग स्नाफिङ समेत गरिएको र घटनालाई सुक्ष्मरुपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आइतबार बिहान १० बजे पक्राउ गर्न सफल भएको बताए ।
आपसी वादविवादको क्रममा बाँसको मुङ्ग्रो, ढुंगालगायतका औजारहरूले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend