Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको होटलमा छात्रामाथि करणी गर्ने प्रिन्सिपल कारागार चलान

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७९, सोमबार
धरानको होटलमा छात्रामाथि करणी गर्ने प्रिन्सिपल कारागार चलान

धरानः धरान–१० मा रहेको जनहीत गेष्ट हाउसमा ल्याएर एक छात्रालाई बलात्कारको आरोप लागेका प्रिन्सिपल कारागार चलान भएका छन् ।
इटहरी–५ मा रहेको ब्लुमिङ इङलिस स्कुलका प्रिन्सिपल वर्ष ३१ का राजकुमार खड्काले वर्ष १६ की एक नाबालिकालाई बलात्कार गरेको उनीमाथि आरोप लागेको थियो । उनलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीमा पेश गरिएको र सोमबार जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
सिन्धुली जिल्लाको कमलामाई–७ बस्दै आएका उनले गत २०७४।०४।२६ गते जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीमाथि २०७४ भदौ २ गते इलाका प्रहरी कार्यालय धरानमा जाहेरी परेको प्रहरीले जनाएको छ ।
जाहेरी दरखास्त परेपश्चात अनुसन्धान थालिएको र उनी फरार रहँदै आएको प्रहरीले जनाएको छ । खड्कालाई गत जेठ १२ गते नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाण्डौको प्रहरी टोलीले पक्राउ गरेको थियो । गत १३ गते सुनसरी जिल्ला अदालत सुनसरीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend