सुनसरीः जिल्ला सुनसरी कोशी गाउँपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत भीमनगर १३ लालपुर घर भई सुनसरी कोशी गाउँपालिका ८ बस्ने रविन्द्र शर्माको घरमा पाहुना आएका १६ वर्षीय राजेश शर्मा रहेका छन् ।
मङ्गलबार दिउँसो पौने १ बजे नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखेर उपचारको लागि स्थानीय क्लिनिक भण्टाबारीमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानुनी प्रक्रिया पूरा गरी लाश पोस्टमार्टमको लागी जिल्ला अस्पताल इनरुवा पठाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।