धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थी सम्मानित भएका छन् ।
अल नेपाल इन्टर स्कुल ब्याडमिन्टन टुर्नामेण्ट २०७९ मा उनी फस्ट रनरअप बनेको स्कुलका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । फस्ट रनरअप बन्न सफल रोदन राई सम्मानित भएका हुन् । उनलाई एकेडेमीका डाइरेक्टर प्रदीपकुमार राई, प्रिन्सिपल राईलगायतले सम्मान गरेका थिए । विद्यालयका अधिकांश विद्यार्थीलाई हौसला प्रदान होस् भनेर विद्यार्थीले जितेपछि सम्मानको कार्यक्रम राख्दै आएको प्रिन्सिपल राईले जानकारी दिए । प्रतियोगिता पोखरामा सम्पन्न भएको हो ।
प्रिन्सिपल राईका अनुसार पढाइमा विशेष जोड दिँदै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी खरो उत्रिँदै आएको बताए । ‘विद्यालयमा पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएका छौं’, उनले भने, ‘यसकारण पनि हाम्रा विद्यार्थी कुनै पनि अतिरिक्त क्रियाकलापमा हारेका छैनन्, स्थानीय, प्रदेश र राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सामेल भएर हारेका छैनन् ।’
यसैबीच स्कुलले आयोजना गरेको खेलकुद विधामा ‘हाउस वाइज’ विजेता विद्यार्थीलाई पनि मेडल प्रदान गरिएको थियो ।
तस्वीरहरु: हाम्रो कोशी आवाज
















