Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउँदै गरेको मोटरसाइकल दुर्घटना

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७९, बुधबार
धरान आउँदै गरेको मोटरसाइकल दुर्घटना

धरानः धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बुधबार बिहान राति २ बजे धनकुटा नगरपालिका–६ मा धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे६प १७५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा खाँदवारी नगरपालिका–१० संखुवासभा घर भई धनकुटा नगरपालिका–६ मा डेरा गरी बस्ने २४ वर्षीय पुरन राई घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यसैगरी गत सोमबार साँझ साढे ६ बजे मोरङको विराटनगर महानगरपालिका–१० मा को३९प ७८९५ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ८५ वर्षीय मुसा यादवलाई ठक्कर दिँदा घाइते भएका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend