Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल चोरेर पहाडी जिल्लामा बिक्री गर्ने गिरोह सक्रिय, दुईजना समातिए

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७९, बुधबार
मोटरसाइकल चोरेर पहाडी जिल्लामा बिक्री गर्ने गिरोह सक्रिय, दुईजना समातिए

बिर्तामोडः जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संग्लग्न रहेका दुईजनालाई चोरी भएको ४ थान मोटरसाइकलसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मिक्लाजुङ गाउँपालिका–५ पाँचथरका २१ वर्षीय चन्द्रकुमार योङया र २० वर्षीय सुरेन्द्र भनिने जीवन कुरुङवाङ रहेका छन् ।
गत १३ गते दमक नगरपालिका–६ बाट हराएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरुले चलाइरहेको अवस्थामा फेला पारी दुवैजनालाई मिक्लाजुङ गाउँपालिका–६ शखधर चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई सोधपुछ गर्ने क्रममा उनीहरुले नै झापाका बिभिन्न स्थानहरुबाट चोरी गरेका अन्य तीनथान मोटरसाइकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुले मोटरसाइकल चोरी गर्ने र पहाडी जिल्लामा लगेर बेच्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend