Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छः मन्त्री कार्की

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७९, बुधबार
अब गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छः मन्त्री कार्की

धरानः प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिए ।
बेलायतको स्कटल्याण्डस्थित इडनबर्गमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गैर आवासीय नेपालीहरुसँग भएको बौद्धिक क्षमता र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके विकासमा टेवा पुग्नसक्ने बताए । ‘भूकम्प जाँदा अथवा बाढीबाट पीडित भएकाहरुको लागि मात्र होइन गैर आवासीय नेपालीहरुले विकासका धेरै क्षेत्रमा लगानी गर्न सक्छन्,’ मन्त्री कार्कीले भने, ‘विदेशमा भएका नेपालीहरु फुटेर होइन जुटेर आए संघीय र प्रदेश सरकारले लगानीको उचित वातावरण बनाउँछ । त्यसको सुरक्षाको ग्यारेन्टी पनि सरकारले नै लिन्छ ।’
गैर आवासीय नेपालीहरुको छाता संगठन (एनआएनए) ले आयोजना गरेको कार्यक्रममा कार्कीले गैरआवसीय नेपालीहरुको लगानी सुरक्षणका लागि विभिन्न योजनाहरु बनाउने बताए । गैर आवासीय नेपालीहरुबाट सन्ततीको नागरिकता निरन्तरताको लागि माग उठ्ने गरेको र यो विषयलाई आफूले नेपाल सरकार समक्ष माग पुर्याइने बताए ।
एनआरएनए स्कटल्याण्डका सभापति काशिराम भण्डारीले गैर आवासीय नेपालीहरु लगानी गर्न तयार रहेको तर झन्झटिलो प्रक्रियाका कारण समस्या हुने गरेको बताउँदै भने, ‘सहज व्यवस्था गर्नसके विदेशमा रहेका नेपाली आफ्नै ठाउँमा गएर काम गर्न चाहन्छन् ।’ एनआरएनए युकेकी निर्वतमान उपाध्यक्ष रेजिना प्रधान राईले भूकम्प आउँदा अथवा बाढी पीडितलाई संस्थागत सहयोग गर्नेमात्र नभएर लगानीको वातावरण नै सिर्जना गर्न सकिने बताइन् । उलने भनिन्, ‘सरकारले सकारात्मक पहल गरे हामी लगानी गर्न तयार छौं ।’ कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्की, स्कटल्याण्ड उपाध्यक्ष उज्वल कार्की, स्कटल्याण्ड राज्य समितिका संरक्षक भोला खनाललगायतले एनआरएनएले सामाजिक क्षेत्रमा गरेका कामको विषयमा चर्चा गरेका थिए ।

प्रकाशित मिति: जेष्ठ १८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend