Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिरो खस्दा पुरिएर धरानका रामकुमार राईसहित दुईजनाको घटनास्थलमै मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७९, बुधबार
पहिरो खस्दा पुरिएर धरानका रामकुमार राईसहित दुईजनाको घटनास्थलमै मृत्यु

संखुवासभाः संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथीबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण कार्यमा खटिएका धरानका ३५ वर्षीय रामकुमार राई र चौदण्डीगढी नगरपालिका–६ उदयपुरका २० वर्षीय हेमबहादुर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटी गई पहिरोमा पुरिएका दुवैजनाको उद्दार गरी शव परीक्षणको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ भने थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend