Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१२ मोटरसाइकलसहित आठजना समातिए

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७९, शुक्रबार
१२ मोटरसाइकलसहित आठजना समातिए

बिर्तामोडः मोटरसाइकल चोरी आरोपमा झापामा आठ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित बिहीबार सार्वजनिक गरेको हो।
पक्राउ परेका आरोपितहरूमा गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय विष्णु भण्डारी, करण मण्डल, विर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, १८ वर्षीय समुन विहारी, सप्तरी टुकली नगरपालिका–५ का २७ वर्षीय करण महमद र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ छन्।
केही महिना अगाडिदेखि इलाका प्रहरी कार्यालय अनारमनीमा मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरीले टोली खटाएर सूक्ष्म रूपमा अभियुक्तको पहिचान तथा खोजतलास गर्ने काम गर्दै आएको थियो। आरोपितहरूले मोटरसाइकल चोरी गर्दै ग्यारेजमा थुपार्ने गरेको पाइएको छ।
खोजतलास गर्दै जाँदा प्रहरीले अर्जुनधारा–८ कदमगाछीस्थित अशोक विहारीको घरमा रहेको ग्यारेज र वडा नं १० स्थित विमल हुमागाईंको घरमा सञ्चालित करण महमदको मोटरसाइकल ग्यारेजबाट र अन्य विभिन्न स्थानबाट चोरीका १२ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको थियो।
पक्राउ परेका सबै आरोपितलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: जेष्ठ २० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend