Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संघ र प्रदेशको निर्वाचन कात्तिक २७ र मंसिर ३ मा

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७९, आइतबार
संघ र प्रदेशको निर्वाचन कात्तिक २७ र मंसिर ३ मा

धरानः सरकारले संघीय र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो ।
आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मतीमा संघ र प्रदेशको निर्वाचन एकैपटक गर्ने भएको हो ।
त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंसिर ३ मा संघ र प्रदेशको निर्वाचन गर्ने भएको हो । ‘स्थानीय तह निर्वाचनको अनुभवका आधारमा सुरक्षा, तयारीसहितका विषयले पनि दुई चरणमा निर्वाचन गर्नुपर्ने देखियो । हामीले यसकै आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी सरकारसँग छलफलमा तयारी गरेका हौं’ स्रोतले भन्यो, ‘दुई चरणमा कात्तिक २७ र मंसिर ३ मा निर्वाचन हुने भएकाे छ । मितिको घोषणा छिट्टै हुन्छ ।’
अघिल्लोपटक पनि संघ र प्रदेशको निर्वाचन दुई चरणमा भएको थियो ।

प्रकाशित मिति: जेष्ठ २२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend