Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीब्र गतिका कारण दुर्घटनाः मोटरसाइकल चालक युवाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७९, सोमबार
तीब्र गतिका कारण दुर्घटनाः मोटरसाइकल चालक युवाको मृत्यु

धरानः तीब्र गतिमा सवारी चलाउँदा एकजना युवाले ज्यान गुमाएका छन् ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले तीब्र गतिमा सवारी चलाएका कारण राजकुमार शर्माको मृत्यु भएको जानकारी दिए । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको उनले जानकारी दिए ।
मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडास्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ ५ः२० बजे दुर्घटना हुँदा चालक शर्माको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे४प ४५५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा पर्दा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय शर्माको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रङ्गेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक घाइते भएका छन् ।
भारत अररिया कुसाकट्टाका अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको साथमा आवश्यक कागजपत्र फेला नपरेको जानकारी प्रहरीले दिएको छ ।

प्रकाशित मिति: जेष्ठ २३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend