धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दी बस्ने ३७ वर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।
घरअगाडि कलमा पानीको मोटर चलाइ नुहाउने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएकी श्रेष्ठको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार क्रममा आइतबार राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता ओखलढुङगाको मोलुङ गाउँपालिका ६ मंगलबारे बस्ने ५५ वर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको छ ।
घरबाट अन्दाजी २ किमि दक्षिणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय वरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।