खोटाङ: सामान्य वादविवादका क्रममा धकेलेर लडाउँदा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा का २९ वर्षीय मनकुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउँदा सोही ठाउँका ६९ वर्षीय हरिप्रसाद राईको मृत्यु भएको हो।
गत १९ गते राति ११ बजे आपसी विवाद हुँदा धकेलेर लडाउँदा हरिप्रसाद घाइते भएका थिए। उनको न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा आइतबार राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए।
घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चौधरीले बताए। मृतक हरिप्रसादलाई धकेल्नेमा मनकुमारका फुपाजुसमेत रहेको बताइएको छ।