Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा पाहुना आएका युवा पेस्तोल र गोलीसहित समातिए

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०७९, मंगलबार
सुनसरीमा पाहुना आएका युवा पेस्तोल र गोलीसहित समातिए

सुनसरीः सुनसरीको हरिनगरा गाउँपालिका–४ स्थितबाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ वर्षीय ओमप्रकाश पाल रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरिनगरा–४ बाट पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
स्थानीय डोमी मेहताको घरमा पाहुना आएका पालको बिआर३९जे६८३५ नम्बरको मोटरसाइकलको डिकीभित्र प्लास्टिकमा बाँधी लुकाइराखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोलीसहित बरामद गरेको प्रहरीले जनाएको छ । कटुवा पेस्तोलसहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend