Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रका एकजनासहित तीनजना लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०७९, मंगलबार
बराहक्षेत्रका एकजनासहित तीनजना लागूऔषधसहित समातिए

धरानः झापाको मेचीनगर नगरपालिका–६ बाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितबाट एकजना लागूऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका मेचीनगर–७ का २५ वर्षीय अर्जुन बाँतर र मेचीनगर–६ का २५ वर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
यस्तै, सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–५ सिमरवनका ५९ वर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend