Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा औषधि किन्न बाहिर भौतारिरहनुनपर्ने

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०७९, बुधबार
धरानको बीपी प्रतिष्ठानमा औषधि किन्न बाहिर भौतारिरहनुनपर्ने

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अबदेखि साढे सात (७ः०३०) बजेदेखि नै ओपिडी टिकट काउण्ट खुल्ने भएको छ ।
सहप्रवक्ता डा. चुरामणी पोखरेलले एक सूचना जारी गर्दै यसअघि ओपिडी काउण्टर बिहान ८ः०० बजेदेखि खुल्ने गरेको र बिरामीहरुको सुविधालाई ध्यानमा राखी अब उप्रान्त ७ः३० बजेदेखि नै काउण्टर खुल्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । काउण्टर विहान ७ः३० बजेदेखि १२स्०० बजेसम्म खुल्नेछ र दिउँसो भने पुरानै समय २ः०० बजेदेखि ३ः०० बजेसम्म खुल्नेछ ।
विपन्न नागरिक सुविधा
नेपाल सरकारको विपन्न नागरिक कार्यक्रमअन्तर्गत मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाइमर, मृगौला रोगका बिरामीहरुलाई सेवा सुविधाहरुअन्तर्गत पाइने चिकित्सकको सल्लाहबमोजिमको औषधी तथा औषधीजन्य सामाग्रीहरु खरिद गरेवापतको बिल शोधभर्नाका लागि सोझै अस्पताल प्रशासनमा दाबी गर्ने गरिएकोमा सो प्रावधानलाई पनि केही फेरबदल गरिएको जनाइएको छ ।
हालसम्म विपन्न नागरिक कार्यक्रमको सहुलियत पाएका बिरामीहरुले चिकित्सकले लेखेको औषधीहरु प्रतिष्ठान बाहिरको औषधी पसलहरुबाट पनि खरिद गर्नेसक्ने प्रावधान थियो । तर असार १ गतेदेखि लागू हुने गरी सो कार्यक्रमअन्तर्गतका बिरामीहरुले औषधि खरिद गर्दा अनिवार्यरुपमा प्रतिष्ठानको फार्मेसीबाट नै खरिद गर्नुेपर्ने जनाइएको छ ।
यसरी प्रतिष्ठानको फार्मेसीबाट औषधी खरिद गरेबापत प्राप्त बिल बिजक फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई शोधभर्नाका लागि दाबी गर्नुपर्नेछ । कारणबश प्रतिष्ठानको फार्मेसीबाट कुनै औषधी तथा औषधीजन्य सामाग्रीहरु उपलब्ध हुन नसकेको अवस्थामा फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई बाह्य फार्मेसीबाट सो खरिद गरिएका औषधी तथा औषधीजन्य सामाग्रीहरुको बिल बिजकहरुलाई मात्र शोधभर्नाका लागि दाबी गर्नुपर्ने जनाइएको छ ।
यसका साथै प्रतिष्ठानको फार्मेसी पूर्णरुपमा सञ्चालनमा आइसकेको र अन्यत्रभन्दा सहुलियत दरमा औषधी तथा औषधीजन्य सामाग्रीहरु पाइने सहप्रवक्ता डा. पोखरेल जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २५ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend