Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रहरी नियन्त्रणमा रहेका प्रतिवादीको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०७९, शुक्रबार
प्रहरी नियन्त्रणमा रहेका प्रतिवादीको मृत्यु

विराटनगरः प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्तको मृत्यु भएको छ ।
ज्यान मार्ने कसुरमा पक्राउ परेका केराबारी गाउँपालिका-२, मोरङका ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको हो ।
बिहीबार सरकारी वकिल कार्यालय मोरङ पुर्याइएका ठकुरी त्यही बेहोस भएर ढलेको र उपचारका लागि कोसी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
उनका आफन्तले भने प्रहरीको भनाइ अस्वीकार गरेका छन् । उनीहरूले दाबी गरेअनुसार, ठकुरीको प्रहरी कुटपिटबाट मृत्यु भएको हो ।
मृतकका आफन्तले घटनाबारे सत्यतथ्य छानबिनको माग गर्दै दोषी पाइए कारबाहीको माग गरेका छन् । साथै उनीहरूले क्षतिपूर्तिको माग पनि अगाडि सारेका छन् ।
मृतक ठकुरीको शव अहिले पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । गत माघमा श्रीमतीलाई आक्रमण गरेर गम्भीर घाइते पारेको अभियोगमा यही जेठ २५ गते ठकुरी पक्राउ परेका थिए । पत्नी सकुन्तला अहिले उपचारपछि ठीक भइसकेकी छन् । तर, त्यही मुद्दामा पक्राउ परेका पतिको भने मृत्यु भएको छ।

प्रकाशित मिति: जेष्ठ २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend