Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनका गहना चोरेर भागेका रोशन समातिए

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०७९, शुक्रबार
सुनका गहना चोरेर भागेका रोशन समातिए

तेह्रथुमः तेह्रथुमको लालीगुँरास नगरपालिका-९ स्थितबाट चोरीमा संलग्न एकजनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ घर बताउने ३५ वर्षीय रोशन तामाङ रहेका छन् । तामाङले जेठ २५ गते बुधबार दिउँसो फेदाप गाउँपालिका–२ तेह्रथुमका प्रेमप्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठाभित्र काठको बाकसमा राखेको सुनको विभिन्न गरगहनाहरु ५ तोला, ५ आना र नगद एक हजार रुपैयाँसहित चोरी गरी फरार भएका थिए ।
चोरी भएको सूचना पाएलगत्तै प्रहरी चौकी योयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा लालीगुराँस नगरपालिका–९ काँडे स्थितमा लुकिछिपी बसेको अवस्थमा चोरी भएका सम्पूर्ण गरगहना र नगदसहित तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको जिल्ला अदातल तेह्रथुमबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
यस्तै, ओखलढुंगाको सिद्धिचरण नगरपालिका ६ जन्तरखानी माथिल्लो मैदाने ३५ वर्षीय कामे शेर्पालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटी गई उनलाई घरैबाट भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend