सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित रहेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ वर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट घर भई काठमाण्डौंको टोखा बस्ने १९ वर्षीय सन्तोष मगर रहेका छन् ।
उनीहरुले यही जेष्ठ १५ गते राती मोबाइल पसलको सटर फोडी ३ लाख बराबरको विभिन्न कम्पनीको मोबाइलहरु चोरी गरेका थिए ।
चोरी भएको जानकारी तत्कालै प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौंमा लुकिछिपी बसेको अवस्थामा चोरी भएको ३ वटा मोबाइल सेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाको सम्मानित सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।