धरानः सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्।
मेची राजमार्ग अन्तरगत इलामको सुर्योदय नगरपालिका ७ सुकेपोखरीमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न.१–०१–००१ च ९१९३ नम्बरको स्कारपियो आफैँ अनियन्त्रित भई दुर्घटना एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गाडी सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनाबाट स्कारपियोमा सवार ६ जना घाइते भएकामध्ये एकजनाको मृत्यु भएको हो।
दुर्घटनामा झापाको बिर्तामोड नगरपालिका ३ बस्ने ५७ वर्षीय ईश्वरी प्रसाद खरेलको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाईतेहरुमा गाडी चालक झापा बिर्तामोड नगरपालिका ५ बस्ने ५० बर्षीय गणेश पराजुली, विर्तामोड ४ का ४५ वर्षीय एकराज बिष्ट, विर्तामोड ४ का ४५ बर्षीय डिल्ली बस्नेत, विर्तामोड ३ का ४७ बर्षीय तस बहादुर प्रधान र विर्तामोड ४ का ५३ बर्षीय सन्तोष श्रेष्ठ रहेका प्रहरीले जनाएको छ। उनीहरुको वि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी पाँचथर फालेलुङ गा ३ नाम्लोवामा प्र.१–०२–००३ त १८५४ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुरेश साँवाको मृत्यु भएको प्रहरीले जनाएको छ।