बराहक्षेत्रः सुनसरीको बराहक्षेत्रमा बाँसको झ्याङमा दुई बोरा गाँजा फेला परेको छ ।
बराहक्षेत्र–९ २६ पाइवनजिक रहेको बाँसको झ्याङमा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लुकाइछिपाइ राखेको २ बोरा (६६ केजी) लागू औषध गाँजा फेला परेको इलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रमुख टीकाबहादुर कार्कीले जानकारी दिए ।
यसैबीच बराहक्षेत्र–२ देवीथानमा एक व्यक्ति गाँजासहित पक्राउ परेका छन् ।
प्रहरी टोली गस्ती गर्दै जाने क्रममा प्रहरीलाई देख्नासाथ ती व्यक्ति प्र१–०२ ४८ प ६२४६ नम्बरको मोटरसाइकल छाडी फरार भएका थिए । सो मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको लेगगार्डमा प्लाष्टिकको झोलामा झुण्डिएको अवस्थामा दुई केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ ।