Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘बुलेट बाइक’ को ठक्करले पैदलयात्रीको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७९, मंगलबार
‘बुलेट बाइक’ को ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१४ रानी–विराटनगर सडक खण्डमा ‘अनटेष्ट बुलेट’ मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मङ्गलबार बिहान विराटनगरतर्फ जाँदै गरेको सो मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री स्थानीय ६० वर्षीय मजेबुल मियाँलाई ठक्कर दिएको थियो ।
घाइते बनेका मियाँलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक भारत मझपुरका ५९ वर्षीय बिन्देश्वर रामलाइ इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend