ओखलढुंगाः ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ पाखुरेडाँडामा ढुङ्गाले किचेर स्थानीय एक बालकको मृत्यु भएको छ ।
चम्पादेवी–३ ताप्केडाँडामा साथीहरुसँग चुथ्रो खान गएका ओतबहादुर श्रेष्ठका ६ वर्षीय छोरा भीमबहादुर श्रेष्ठलाई अचानक भीर माथिबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भीर घाइते भएका थिए ।
ढुङ्गाले किचेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटि गई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।