ओखलढुङगाः ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलका एकै परिवारका चार जनाले जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ ।
दुईजना बिरामी समेत भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । गत जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, निजको छोरा २७ वर्षीय राजन विष्ट, राजनको श्रीमती २४ वर्षीया ढककुमारी लामिछाने र ३ वर्षीया छोरी सरिस्मा विष्ट बिरामी भएका थिए ।
च्याउ खाएर बिरामी भएका चारैजनालाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढककुमारीको सोही अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
अन्य तीन जनालाई थप उपचारको लागि काठमाण्डौ टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मनमायाको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । कस्तो किसिमको च्याउ खाएको भन्नेबारेमा अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ ।