Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकको टक्करले स्कुटी चालक युवाको मृत्यु

हाम्रो कोशी आवाज
असार १ २०७९, बुधबार
ट्रकको टक्करले स्कुटी चालक युवाको मृत्यु

बेलबारीः मोरङको बेलबारी नगरपालिका–४ बेतनामा मंगलबार राति ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ५५४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को२०प ७६ ४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक बेलबारी नगरपालिका–५ का २६ वर्षीय विक्रम राईको उपचारको क्रममा विराटनगरको नोवेल अस्पतालमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
घटनामा संग्लग्न दुवै सवारी साधन र ट्रक चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रकाशित मिति: असार १ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend