सुनसरीः सुनसरीको कोशी गाउँपालिका–२ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ सुनसरी घर बताउने १९ बर्षीय रोहित राई रहेका छन । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–२ स्थितबाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागूऔषध डाइजापाम १० एम्पुल, नाइट्रोजन १० ट्याब्लेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।