Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ट्याक्टरले ठक्करले घटनास्थलमै मृत्यु

हाम्रो कोशी आवाज
असार २ २०७९, बिहिबार
सुनसरीमा ट्याक्टरले ठक्करले घटनास्थलमै मृत्यु

सुनसरीः सुनसरीको गढी गाउँपालिका–३ बैशी टोलस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार बिहीबार बिहान सवा ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १७५२ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को३प २५४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालिका–६ का ५४ वर्षीय शिवनारायण चौधरीको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटी गई कानुनी प्रकृया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend