विराटनगरः प्रहरीले चारजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङको विभिन्न मितिको फैसलाअनुसार जवरजस्ती करणी मुद्दामा ९ वर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पथरीशनिश्चारे नगरपालिका–९ का ३१ वर्षीय मुकवीर राई, जबरजस्ती करणी उद्योग मुद्दामा ३ वर्ष ५ महिना ३ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका–४ का २५ वर्षीय मेघनाथ यादव, सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना १५ दिन कैद र ३२ हजार जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका–५ का ४५ वर्षीय गरिव ऋषिदेव, र चोरी मुद्दामा २ महिना १० दिन कैद र २००० जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका–९ का २३ वर्षीय लक्ष्मण मण्डल रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई मोरङ जिल्ला अदालत बुझाइएकोमा कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय चलान भएका छन् ।