Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल चोरीको आरोपमा समातिएका व्यक्तिको डेराबाट पेस्तोल र गोली बरामद

हाम्रो कोशी आवाज
असार ५ २०७९, आइतबार
मोटरसाइकल चोरीको आरोपमा समातिएका व्यक्तिको डेराबाट पेस्तोल र गोली बरामद

विराटनगरः मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका–६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट एकथान पेस्तोल बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनाको अवधीमा मोटरसाइकल चोरीमा संग्लग्न १६ जना मानिस २१ थान मोटरसाइकलसहित पक्राउ गरेको थियो ।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाइनिज पेस्तोल, सोही पेस्तोलको गोली एक राउण्ड र म्याग्जिन १ थान भएको खुलेसगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: असार ५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend