Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका विनोद सर्वोत्कृष्ट प्रहरी घोषित

हाम्रो कोशी आवाज
असार ५ २०७९, आइतबार
सुनसरीका विनोद सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगरः इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार विनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जसले इटहरी–४ गोपाल टोलमा अवैध हात हतियार देखाइ स्थानीयवासीहरुलाई धाकधम्की दिँदै त्रसित बनाइरहेको अवस्थामा पक्राउ गर्न सफल बनेका थिए । घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिबन्धित लागूऔषधसहित पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
पुरस्कृत भएका ओझाले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ट तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाउनुको साथै चोरी, कर्तव्य ज्यानलगायतका विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याइ नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार उनलाई उत्कृष्ट कार्यको उच्च मूल्याङकन गर्दै २०७९ साल जेष्ठ ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: असार ५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend