Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लागेर हाइड्रो पावरमा काम गर्ने इन्जिनियरको मृत्यु

हाम्रो कोशी आवाज
असार ८ २०७९, बुधबार
करेन्ट लागेर हाइड्रो पावरमा काम गर्ने इन्जिनियरको मृत्यु

संखुवासभाः संखुवासभाको धर्मदेवी नगरपालिका–५ मा रहेको मायाखोला हाइड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान हाइड्रोपावरभित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर सो हाइड्रोका इन्जिनियर पोखरा महानगरपालिका–१२ का ३९ वर्षीय रोमनकुमार चन्द घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि हेलिकोप्टर द्वारा काठमाण्डौं पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: असार ८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend