Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सिटी सफारी पल्टिँदा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार १० २०७९, शुक्रबार
सिटी सफारी पल्टिँदा एकजनाको मृत्यु

बिर्तामोडः सिटी सफारी पल्टिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी–८ कदम टोली बस्ने ३२ वर्षीय डिल्लीराम घताने रहेका छन् । दुर्घटनामा घाइते बनेका उनको उपचारका क्रममा मंगलबारे अस्पताल उर्लाबारीमा करिब ७ बजे राति मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
कमल गाउँपालिका ६ सुकुम्बासी टोलमा रहेको साउथपोल इङलिस बोर्डिङ स्कुलको गेटमा सोही स्कुलको जिप्सन बोकेको मे१ह ६३१० न. को सिटी रिक्सा उकालोमा एक्कासी पल्टी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दमक–१० का २८ वर्षीय लिलाबहादुर भुजेल समेत घाइते भएका छन् । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend