Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेसिनमा हात अडकिएर कुमदेखि काटिँदा कामदारको मृत्यु

हाम्रो कोशी आवाज
असार १० २०७९, शुक्रबार
मेसिनमा हात अडकिएर कुमदेखि काटिँदा कामदारको मृत्यु

विराटनगरः विराटनगरमा रहेको एक मिलमा कार्यरत मजदुरको मृत्यु भएको छ ।
विराटनगर–१७ मा रहेको रघुपति जुट मिलमा कार्यरत राजो कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । बिहीबार काम गर्दैगर्दा मेसिनमा बायाँ हात अडकिएको पुगेको र कुमबाट पूरा काटिएको प्रहरीले जनाएको छ ।
काटिँदा उनमा अत्याधिक रक्तश्राव भएको थियो । अन्य कामदारले मेसिन बन्द गरेर उनलाई मेसिनबाट निकालेपछि उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि विराटनगर अस्पताल लगिएको प्रहरीले जनाएको छ । राति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार १० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend