Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको ज्ञानकुञ्ज स्कुलका विद्यार्थीले लगाए कोरोनाविरुद्धको खोप

हाम्रो कोशी आवाज
असार ११ २०७९, शनिबार
धरानको ज्ञानकुञ्ज स्कुलका विद्यार्थीले  लगाए कोरोनाविरुद्धको खोप

धरानः धरानमा ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । खोप अभियान असार १० अर्थात् शुक्रबारदेखि असार १६ गतेसम्म चल्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
यसैबीच धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलका बालबालिकाले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।
५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाले शुक्रबार कोरोनाविरुद्धको खोप लगाएको प्रिन्सिपल अरुण राईले जानकारी दिए । बालबालिकाहरूले फाइजर बायोएनटेक खोप लगाएको उनले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका बालबालिकाहरूलाई विद्यालयमै लगाउन पाउने गरी खोप कार्यक्रम सञ्चालन गरेको हो । असार १५ सम्ममा पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी ५० जिल्लामा भदौ ५ देखि ११ गते सम्म पहिलो र भदौ २७ गते देखि असोज १ गतेसम्म दोस्रो डोज खोप लगाइने छ ।
धरानमा पनि बालबालिकाहरूलाई विद्यालय विद्यालयमै पुगेर खोप लगाइने व्यवस्था भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए ।

 

प्रकाशित मिति: असार ११ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend