Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा माछा पोखरीमा डुबेर दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार ११ २०७९, शनिबार
धनकुटामा माछा पोखरीमा डुबेर दुईजनाको मृत्यु

धनकुटा नगरपालिका-६ मा पोखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।
पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर आज शनिबार दिउँसो दुई किशोरको मृत्यु भएको हो ।
पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका– ५ का १५ वर्षीय सोर्णिम राई र धनकुटा नगरपालिका-२ का १५ वर्षीय उदय राईको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घरबाट बिहान ६ बजे निस्केर हिँड्दै ११ बजे पोखरीमा पुगेको र पौडी खेल्ने क्रममा हराएपछि नजीकै बस्तीमा गएर मान्छे बोलाएर ल्याई डुबिरहेका दुवैलाई निकालिएको थियो । निकालिएर उपचारको लागि धनकुटा अस्पताल लगिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति: असार ११ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend