विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित लोकराजमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
शनिबार राति साढे ८ बजे अरुण गाउँपालिका–५ भोजपुरका २६ वर्षीय राम श्रेष्ठलाई प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाइते भएका श्रेष्ठको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईका अनुसार मोटरसाइकल र चालक इटहरी सुनसरीका विकास श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
मृतक श्रेष्ठ बुढीगंगा स्थित रहेको प्रिमियर वायर फ्याक्ट्रीमा सेक्युरिटी गार्डमा कार्यरत् रहेको प्रहरीले जनाएको छ ।