Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित पाँचजना समातिए

हाम्रो कोशी आवाज
असार १२ २०७९, आइतबार
ब्राउनसुगरसहित पाँचजना समातिए

बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका–८ इलामका २५ वर्षीय सुजेन्द्र राई, झापा कन्काइ नगरपालिका–३ का ४३ वर्षीय बेनुप्रसाद चिमरिया र कन्काई–४ का ३२ वर्षीय हेमनारायण चौधरीलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागूऔषध ब्राउनसुगर, नगद ८८ हजार ५००, मोबाइल २ थान , र ३ थान मोटरसाइकल बरामद गरेको छ ।
यसैगरी सोही स्थानमा लागूऔषध खरिद गर्न आएका दमक नगरपालिका–१० का २८ वर्षीय सुजन राई र दमक नगरपालिका–९ का २५ वर्षीय सुरज तामाङलाई को६प ६९४८ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका पाँचजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend