Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकको ठक्करले एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार १६ २०७९, बिहिबार
ट्रकको ठक्करले एकजनाको मृत्यु

बिर्तामोडः झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बुधबार राति सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ८७३५ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाईकल चालक दमक नगरपालिका–९ का ३८ वर्षीय दीपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: असार १६ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend