बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ।
स्थानीयवासीले शुक्रबार बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् ।
विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए। हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले बताए । रासस