धरानः धनकुटा र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।
धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ वर्षीय लक्ष्मण लिम्बू छिमेकीको घरको बिजुली बनाउनको लागि बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरी इनरुवा नगरपालिका १ पूर्व टोलका ४४ वर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पङ्खा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएको र उनको उपचारको क्रममा बिहीबार साढे १ बजे जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता झापा कचनकवल गाँउपालिका ४ नयाँ बस्ती बस्ने भीमबहादुर लिम्बूको ११ वर्षीय छोरा रिसान लिम्बूको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
माछा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी टोली खटि गई उद्दार गरी उपचारको लागि पब्लिक केयर अस्पताल बनियानी पुरयाउन साथ बालकको मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको छ ।