पाँचथर: अअविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा ३ जना बेपत्ता भएका छन् ।
शुक्रबार राति १० बजेतिर बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएका हुन् । पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेको पनि न्यौपानेले जानकारी दिए ।
शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो ।
उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रनाउ थापाले जानकारी दिए ।