Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बस र मोटरसाइकलको ठक्करले दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार १८ २०७९, शनिबार
सुनसरीमा बस र मोटरसाइकलको ठक्करले दुईजनाको मृत्यु

सुनसरीः सुनसरी इटहरी उपमहानगरपालिका १७ पकलि चौकस्थित पूर्व-पश्चिम लोकमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मंगलु चौधरी रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेका साइकलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी उपमहानगरपालिका –१२ चौकी मोडस्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहार घर भई हाल इटहरी उपमहानगरपालिका –१२ स्थित रिलायन्समा काम गर्ने ५० वर्षीय लालुप्रसाद विश्वास रहेको प्रहरीले जनाएको छ । बागमति प्रदेश –०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका साइकलयात्री विश्वासको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक काठमाण्डौ नागर्जुन नगरपालिका–८ बस्ने २६ वर्षीय सुभाष तामाङ र पछाडि सवार संखुवासभा सभापोखरी गाउँपालिका ६ बस्ने २५ वर्षीया शिखा लिम्बू समेत घाइते भएका थिए । मोटरसाइकल प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । -शीर्षक सच्याइएको छ ।

प्रकाशित मिति: असार १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend