Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मट्टितेल छर्केर आगो लगाएर श्रीमतीको हत्या, श्रीमान समातिए

हाम्रो कोशी आवाज
असार १८ २०७९, शनिबार
मट्टितेल छर्केर आगो लगाएर श्रीमतीको हत्या, श्रीमान समातिए

विराटनगरः आफ्नै श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाइ हत्या गर्ने एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोरङको रंगेली १ मा शुक्रबार राति करिब १० बजे स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाएर उनकै श्रीमानले हत्या गरेका थिए ।
प्रहरीले उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको डीएसपी प्रहरीले जनाएको छ ।
शरीरका अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरिएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घरभित्रै मट्टिेल छर्किएर पत्नीलाई आगो लगाएपछि उनी फरार बनेका थिए । पत्नीलाई लगाएको आगोले घर पनि जलेर खरानी भएको छ ।
पत्नीलाई आगो झोसेर भागेका तिलकले खाना खाने बेलामा पत्नीसँग विवाद भएको र त्यसपछि शरीरमा मट्टितेल छर्किएर आगो लगाएको बयान दिएको प्रहरीले जनाएको छ । तिलकले काम गर्दा भएको कमाई घरमा नदिने र अत्यधिक मदिरा सेवन गर्ने गरेको विषयलाई लिएर पति–पत्नीबीच बारम्बार झगडा भइरहने स्थानीयले प्रहरीलाई बताएका छन् ।
घरमा अचानक आगलागी भएको भनेर राति प्रहरीलाई खबर आएपछि प्रहरी घटनास्थल पुगेको आगलागी नियन्त्रणमा लिएको थियो तर पनि टिनको छानो भएको र बाँसको टाटीले बारिएको हुनाले घरभित्र रहेका सबै सामग्री र घरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा २ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend