Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी

हाम्रो कोशी आवाज
असार १८ २०७९, शनिबार
धरानमा विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी

धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिहन, सडक दुर्घटनाको जोखिम, कारण, न्यूनीकरणका उपायहरू, दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी प्रदान गरिएको थियो । जिल्ला ट्राफिक प्रमुख प्रहरी कार्यालयको सहकार्यमा कार्यक्रम भएको उनले जानकारी दिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेत तथा प्रहरी सहायक निरीक्षक नारदप्रसाद दाहालले माथिका विषयहरूमा विशेष प्रस्तुतीकरण तथा श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरेका थिए ।
विद्यार्थीलाई दिइएको यस्तो सचेतनाले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका सहयोग पुग्ने निरीक्षक बस्नेतले बताए । ‘करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुन्छन्, उनले भने, ‘यसलाई हामी आफैंले न्यूनीकरण गर्न सक्छौं ।’

प्रकाशित मिति: असार १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend