Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको समिट स्कुलमा निर्वाचन

हाम्रो कोशी आवाज
असार १८ २०७९, शनिबार
धरानको समिट स्कुलमा निर्वाचन

धरानः धरान–९ स्थित समिट स्कुलका विद्यार्थीले मतदान गरेका छन् ।
हेड गर्ल ५ र हेड ब्वाइ ५ जनाका लागि निर्वाचन भएको स्कुलका प्राचार्य रमेश दाहालले जानकारी दिए । स्कुलका कक्षा–६ देखि १० सम्मका करिब २ सय ५० जना विद्यार्थी, शिक्षक–शिक्षिकाले मत खसालेका थिए ।
हेड गर्लतर्फ निहारिका, सुभना कार्की, लविना भुजेल, सुस्मिता पोद्दार र अस्मी कार्कीले उम्मेदवारी दिएका थिए भने हेड ब्वाइतर्फ केशव शर्मा, प्रशान्त लिम्बू, अभिनव सुनुवार, एनन आचार्य र प्रण राईले उम्मेदवारी दिएका थिए । उनीहरुका लागि फरक फरक चुनाव चिहन प्रदान गरिएको र सोहीअनुसार निर्वाचन भएको प्राचार्य दाहालले जानकारी दिए । निर्वाचन प्रमुखमा प्रा.डा. भोलनाथ पोख्रेल, सहायक प्रमुखमा प्राचार्य दाहाल र अध्यापक तुलसी गड्तौला थिए ।
त्यस्तै, निर्वाचन अधिकृतमा प्रविन निरौला र प्रतिक्षा भुजेल थिए । सहायक अधिकृतमा सरला लिम्बू, जुनेली तामाङ, मीना शर्मा बस्नेत र सिर्जन महर्जन रहेका थिए । यस्तै, सुपरभाइजरमा सिद्धान्त श्रेष्ठ, रविन्द खड्का, सन्नी राई र राजु बस्नेत रहेका थिए ।
निर्वाचनले १० जना चुनिनेछन् । शुक्रबार भएको निर्वाचनको अन्तिम परिणाम भने आइतबार मात्रै आउने उनले जानकारी दिए ।
निर्वाचितले स्कुलको अनुशासनलाई कायम राख्नदेखि अन्य अतिरिक्त क्रियाकलापलाई पनि खरो रुपमा उतार्न लागिपर्ने जनाइएको छ । ‘विजयी विद्यार्थीहरुले हाउस क्याप्टेन, भाइस क्याप्टेन, मनिटर, भाइस मनिटरहरुसँग सहकार्य गर्दै विद्यालयमा विभिन्न क्रियाकलापहरु सञ्चालन गर्नेछन्’, प्राचार्य दाहालले भने ।
उनका अनुसार विद्यार्थीले मासिकरुपमा प्रकाशन हुने द समिट पोष्ट नामको भित्ते पत्रिका प्रकाशन, कक्षा डेकोरेसन, ग्राउण्ड र कक्षाकोठाको सरसफाइ, अनुशासन आदि विषयमा आवश्यक अन्य साथीहरु परिचालन गरी वर्षभरी नै जुझारु भएर काम गर्ने, विद्यालयको गुणत्मक विकासका लागि आवश्यक अन्य थप सुविधाहरुका लागि प्रशासनसँग समन्वय गरी उपलब्ध गराउने प्रयास गर्नेछन् ।

प्रकाशित मिति: असार १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend