Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा स्वास्थ्य बिमा नरोकिने

हाम्रो कोशी आवाज
असार १९ २०७९, आइतबार
धरानको बीपी प्रतिष्ठानमा स्वास्थ्य बिमा नरोकिने

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम नरोक्ने जनाएको छ ।
एक सूचना जारी गर्दै प्रतिष्ठानले भोलि अर्थात् २० गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगन गर्ने सूचना जारी भएको तर बीमा बोर्डबाट अनुरोध भई आएको र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) एवं मानव अधिकार आयोगका प्रतिनिधिबाट पनि स्वास्थ्य बीमा सेवा सुचारु गर्न अनुरोध भएकोले यो सेवा निरन्तर रहने जनाइएको छ ।
डेपुटी निर्देशक जगत नारायणप्रसादद्वारा आइतबार जारी सूचनामा भनिएको छ, ‘यो कार्यक्रम साउन ७ गतेसम्म सुचारु राख्ने र उक्त अवधिसम्म पनि प्रतिष्ठानबाट शोधभर्ना पाउनुपर्ने रकम भुक्तानी नभएमा ८ गतेदेखि प्रतिष्ठानमा उपलब्ध स्वास्थ्य बिमाका सेवाहरु स्थगन गरिनेछ ।’
प्रतिष्ठानले विमितको उपचार गरेबापत दाबी भुक्तानी ३४ करोड रुपैयाँ स्वास्थ्य बिमा बोर्डले रोकिदिएपछि असार २० देखि सेवा स्थगन गर्ने जनाएको थियो । स्वास्थ्य बोर्डले प्रतिष्ठानलाई ३४ करोड रुपैयाँ भुक्तानी नगरेपछि अस्पताल सञ्चालन गर्न कठिन भएकाले बिमा कार्यक्रम स्थगन गर्नुपर्ने बाध्यता आइपरेको उपकुलपति डा ज्ञानेन्द्र गिरीले बताउँदै आएका छन् ।
यसअघि पनि स्वास्थ्य बिमाको प्राविधिक तथा अन्य समस्याहरूको हल गर्न बिमा बोर्डले गम्भीरता नदेखाएको उनले बताए ।

प्रकाशित मिति: असार १९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend