Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलमा विद्यार्थीलाई नेतृत्व र व्यक्तित्व विकास तालिम

हाम्रो कोशी आवाज
असार २० २०७९, सोमबार
धरानको सियोन स्कुलमा विद्यार्थीलाई नेतृत्व र व्यक्तित्व विकास तालिम

धरानः धरान-१६ स्थित सियोन स्कुलमा विद्यार्थीलाई नेतृत्व र व्यक्तित्व विकाससम्बन्धी तालिम दिइएको छ ।
एसइई दिएर ब्रिजकोर्षका लागि आएका विद्यार्थीहरुका लागि यस्तो तालिम आयोजना गरिएको प्रिन्सिपल सञ्जीव वान्तवा राईले जानकारी दिए । तीनदिनसम्म आयोजना भएको तालिममा विभिन्न स्कुलबाट सियोनमा बिज्रकोर्षका लागि आएका २६ जना विद्यार्थीको सहभागिता थियो ।
धरान–१३ स्थित लोटस बोर्डिङ स्कुलबाट एसइई दिएकी सम्झना राईले तालिम बोल्नेकलाबारे सिक्न पाएको र आफ्नो लागि फलदायी र उपलब्धिमूलक रहेको धारणा राखिन् । तालिममा विद्यार्थीहरुलाई बोल्नेकला, भाषणकला, भाषणका प्रकार, भाषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, प्रस्तुतिकरणकला लगायतका विषयमा जानकारी गराइएको सहजकर्ता एवम् दन्तकाली एफएमका समाचार प्रमुख तिर्थ कार्कीले जानकारी दिए ।
तालिमले विद्यार्थीको ब्यक्तित्व विकासमा टेवा पुग्नुका साथै आत्माविश्वास बढेको उनले बताए । यस्ता तालिमले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने उनले बताए । ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भने झैं विद्यार्थी जीवनमा नै उद्घोषणकला, भाषणकलासम्बन्धी तालिम लिन अत्यन्तै आवश्यक रहेको प्रिन्सिपल सञ्जीव वान्तावाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै डाइरेक्टर खड्गबहादुर थापा मगरले तालिमले विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा सहयोग पुगेको बताए । उनले सियोन स्कुलले यस्ता कार्यक्रमहरु राखिरहने र यसले विद्यार्थीको क्षमता विकास हुँदै गएको बताए । तालिमपश्चात् विद्यार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन प्लस टु कोअर्डिनेटर अनुप अग्रवालले गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असार २० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend