Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरको सार्वजनिक सुनुवाइ

हाम्रो कोशी आवाज
असार २७ २०७९, सोमबार
धरान उपमहानगरको सार्वजनिक सुनुवाइ

धरानः धरान उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाबाट उपलब्ध गराइएको सेवा विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको प्राङ्गणमा आयोजित सुनुवाइमा सरोकारवालाहरुले चुस्तदुरुस्त काम गर्न मेयरलाई सुझाएका छन् ।
यस्तै, उपमहानगरपालिकाको विविध गतिविधिबारे पनि उनीहरुले प्रश्न सोध्नुका साथै सुझाव समेत दिएका थिए । आव ०७८–०७९ को दोस्रो अर्धवार्षिक सुनुवाइ कार्यक्रम आयोजना भएको हो । मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायतले सरोकारवालाको प्रश्नको उत्तर दिएका थिए ।
धरान–११ का भक्त क्षत्रीले भानुचोकको शौचालय अव्यवस्थित रहेको बताउँदै शौचालयमा महिला र पुरुषमा दिशापिसाब गर्दा लिइने शुल्कमा विभेद भएको गुनासो गरेका थिए ।

धरान–१८ का हस्तराज लिम्बूले धरान उपमहानगरपालिकाभित्र आचारसंहिता लागू हुनुपर्ने सुझाएका थिए । यस्तै, सरोकारवालाहरुले एडिबी परियोजनाको छानविन हुनुपर्ने, उपमहानगरपालिकाबाट तुरुन्त सूचना पाउनुपर्ने, सफाइ कर्मचारीलाई ड्रेस, बिमा, भ्याक्सिनको सुविधा दिइनुपर्ने, फोहोर व्यवस्थापनका लागि डस्विन दिइनुपर्ने, सभागृह राम्रोसँग सञ्चालन हुनुपर्नेलगायतका माग राखेका थिए । यस्तै, धरानमा अहिले पनि रातिराति खोलामा उत्खनन भइरहेको, धरान-२० लाई ध्यान दिनुपर्ने, धरानबाट कोशी राजमार्ग किन जान नसकेकोलगायतका प्रश्न पनि राखेका थिए ।
कार्यक्रममा सरोकारवालाको उत्तर दिँदै मेयर साम्पाङले आवमा तीनपटक सार्वजनिक सुनुवाइ गर्ने बताएका छन् । उनले एडिबी परियोजनाको हिसाब किताब खोजिने बताए । उनले कन्सल्टेन्टलाई बोलाउने, कन्स्ट्रक्सनलाई पनि बोलाउने बताए । उनले पाँच वर्षसम्ममा लागि धरानको सुशासन र विकासका लागि र धराने जनतालाई अधिकतम सेवा सुविधाको ग्यारेन्टी गरिने समेत बताए ।

उपमेयर बेघाले अब धरानमा कार्यपालिका बैठकहरु बहुमत र अल्पमत हुन नहुने बताएका थिए । ‘अब धरानाम कार्यपालिकाका बैठकहरु बहुमत र अल्पमत हुनुहुँदैन, बहुमत र अल्पमत कुरा गर्दै जाने हो भने यहाँ त काम हुँदैन, यसले एक्लाएक्लै हुन अवस्था आउन सक्छ, सही एजेन्डाहरु पनि व्यक्त नहुन सक्छन्, त्यसैले यस्तो हुनुहुँदैन, जनताको म्यान्डेटपनि त त्यही हो, मिलेर धरान बनाउ भनेरै पठाएको हो, त्यसैले त्यही म्यान्डेट हामी आत्मसात गरेर जान्छौं ।’

प्रकाशित मिति: असार २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend