Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुरुप्रति सम्मान भाव प्रकट गर्दै धरान मेघा हिमालयनका विद्यार्थीले मनाए गुरु पूर्णिमा

हाम्रो कोशी आवाज
असार ३० २०७९, बिहिबार
गुरुप्रति सम्मान भाव प्रकट गर्दै धरान मेघा हिमालयनका विद्यार्थीले मनाए गुरु पूर्णिमा

धरानः गुरुप्रति श्रद्धा प्रकट गर्दै धरान–१२ स्थित मेघा हिमालयन स्कुलमा गुरु पूर्णिमा मनाइएका छन् ।
स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीले गुरु पूर्णिमा मनाएका हुन् । गीत, नृत्य नृत्य पस्किँदै, चिटवाला गेम खेलाउँदै गुरुप्रति भावपूर्ण निष्ठा प्रकट गर्दै उनीहरुले गुरु पूर्णिमा मनाएका हुन् ।
विशेषतः गुरुजनप्रति सम्मान भाव प्रकट गुरु पूर्णिमा पर्व मनाउने कार्यक्रम राखिएको कक्षा–९ की छात्रा उर्मिला लिम्बूले बताइन् । विद्यालयमै केक समेत काटिएको उनले जानकारी दिइन् ।
विद्यार्थीले गुरुप्रति देखाएको सम्मानभाव अत्यन्तै राम्रो रहेको विद्यालयका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए । बिबिएस कार्यक्रमका संयोजक चन्द्र वनेमले विद्यार्थीले थप कुरा जानुन भन्ने उद्देश्यले यस्तो कार्यक्रम राखिएको जानकारी दिए । कक्षा–९ ले कार्यक्रम आयोजना गरेको छात्रा इसा विकले जानकारी दिइन् ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइने गरिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख छ ।
गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवम् संघ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै गुरुको विशेष सम्मान गरी मनाइने गरिन्छ । यस दिन गुरुलाई भेट्ने सम्मान गर्ने र उपहार दिएर मनाइने प्रचलन रहँदै आएको छ ।
अज्ञानीलाई ज्ञान दिने, सत्मार्गका लागि बाटो देखाउने गुरुलाई मान्ने दिनका रुपमा आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरुपूर्णिमाका रुपमा मनाइन्छ । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असार ३० २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend